आज ३१६ जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौँ, १६ असार – कोभिड–१९ को सङ्क्रमण ३१६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा २४५ पुरुष र ७१ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो ।

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ । तीमध्ये पुरुष ११ हजार ९०७ र महिला एक हजार ६५७ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमले ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला सात वटा रहेको बताउनुभयो । उहाँका अनुसार महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, दाङ, दैलेख र कैलाली रहेका छन् ।(रासस)

Comment