भक्तपुरको क्यान्सर अस्पतालमा कार्यरत महिलामा कोरोना देखियो



भक्तपुर-भक्तपुरको क्यान्सर अस्पतालमा कार्यरत महिलामा आज पनि कोरोना पुष्टि भएको छ ।स्थायी घर काभ्रे भई चाँगुनारायण नगरपालिका वडा न.२ दुवाकोट डेरा गरी बस्ने ३५ बर्षीय भक्तपुर क्यान्सर अस्पताल मा डे केयर युनिटमा काम गर्ने महिलामा कोरोना पुष्टि भएको हो ।

भक्तपुर क्यान्सर अस्पतालमा गत शुक्रवार उपचारका लागि आएकी १२ वर्षीय बालिकामा कोरोना भाइरस संक्रमण पाइएपछि अस्पतालका ३० जना कर्मचारीलाई क्वारेन्टइनमा राखिएको थियो ।त्यसपछि सबैको स्वाब परिक्षण गर्दा उक्त महिलामा कोरोना पुष्टि भएको हो ।

Comment