बागलुङमा एकै साथ ६८ जनाले जिते कोरोना



बागलुङ, १६ असार । बागलुङ जिल्लामा एकैसाथ ६८ जनाले कोरोना जितेका छन् । धौलागिरी अस्पताल बागलुङ तथा नरेठाँटी स्वास्थ्य चौकी बागलुङ जिल्लाको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ६८ जनाले कोरोना जितेका हुन् ।

धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमका अनुसार धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ४२, धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा बसेका ११ जनाले कोरोना जितेर घर फर्केका हुन् ।

यस्तै गलकोट नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १५ जनालाई घर पठाइएको छ । उनीहरुलाई दुई हप्ताहोम क्वारेन्टाइनमा बस्न भनिएको छ ।यो संगै बागलुङमा कोरोना जितेर घर फर्कनेको संख्या ९२ पुगेको छ । हाल बागलुङमा कोरोना संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।

Comment