संसद विघटनविरुद्ध रिट दायर गर्न भोली सोमबार विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने — OSNepal

संसद विघटनविरुद्ध रिट दायर गर्न भोली सोमबार विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । संसद विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनका दलहरु भोली सोमबार मात्र सर्वोच्च अदालत जाने भएका छन् । आज आइतबार रिट दयार गर्नकै लागि १४९ सांसदहरुको हस्ताक्षर संकलन सिंहदरबारमा गरिएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि आज १४९ सांसदहरुको हस्ताक्षर सहित संसद विघटन विरुद्ध अदालत विपक्षी गठबन्धनका दलहरु अदालत जाने भएका हुन् ।

संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्री नियुक्त गर्ने आधार नभएको भन्दै राष्टज्ञपतिले संसद विघटन गरेकी थिइन् ।नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले दिएको जानकारी अनुसार भोली सोमबार विहान १० देखि ११ बजे सम्ममा अदालत जाने भएका छन् ।

सर्वोच्चमा दायर गरिने रिटको मस्यौदा तयार गर्न कांग्रेस नेता लेखक, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, कानुन व्यवसायीहरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधान संलग्न भएका थिए । तयार भएको रिटमा सांसदहरुले हस्ताक्षर गरेका छन्

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर