इटालियन सिरी ए फुटबलमा रोनाल्डोको अर्को चमत्कार, २५ यार्ड टाढाबाट गरे उत्कृष्ट गोल



एजेन्सी । इटालियन सिरी ए फुटबलमा साबिक विजेता युभेन्टसका लागि डिबाला, क्रिस्टियानो रोनाल्डो र डौग्लास कोस्टाले एक एक गोल गरेपछि युभेन्टरले रामाञ्चक जित दर्ता गरेको छ । जितसँगै ७२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको लाजियोभन्दा ४ अंकले अघि रहेको छ ।

गएराती सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोसो हाफ सुरु भएको पाँचौ मिनेटमा पाउलो डिबालाले एक्लो प्रयासमा गोल गर्दै युभेलाई अग्रता दिलाए भने रोनाल्डोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएपछि खेल रोमाञ्चक मोडमा प्रवेश गरेको थियो ।

त्यस्तै खेलको ७३ औं मिनेटमा डिबालाको पासमा कोस्टाले गोल गर्दै युभेन्टसलाई ३ – ० को अग्रता बनाए पनि ७६ मिनेटमा गेनोआका पिनामोन्टिले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरेका थिए ।

Comment