फेसबुकलाई लगातार घाटा, १ सय ६० कम्पनीले रोके विज्ञापन



१७ असार, काठमाडौंः फेसबुकबाट लगातार थुप्रै कम्पनीहरुले विज्ञापन निकालेका छन् । विश्वकै सबैभन्दा ठूलो पेयपदार्थ उत्पादन गर्ने कोकाकोलाले फेसबुकबाट विज्ञापन नगर्ने निर्णलाई विश्भरका विभिन्न कम्पनीबाट समर्थन भईरहेको छ ।

कोकाकोलाले सोसल मिडियाबाट घृणा फैलाउने अभिव्यक्तिका विरूद्ध दबाब दिने उद्देश्यले सोसल मिडियामा विज्ञान रोक्ने निर्णय गरेको थियो । कोकाकोलाले विज्ञापन रोकेसँगै सुरु भएको ‘नाफाका लागि घृणा रोकौं’ भन्ने अभियानमा विश्वभरका विभिन्न कम्पनीहरुले साथ दिएका छन् ।

अहिलेसम्म फेसबुकलाई भेरिजन कम्युनिकेशन, युनिलिभर, कमसेन्स मिडियालगायत १६० भन्दा धेरै कम्पनीले विज्ञापन नदिने घोषणा गरेका छन् । यी कम्पनीहरुले जुलाई महिनाभर फेसबुकमा विज्ञापन नगर्ने घोषणा गर।ेका हुन् ।

Comment