आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित — OSNepal

आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित

LC (KTM) October 14, 2021 0

काठमाडौं, २८ असोज -दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति शारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्ससँगको भेट पक्का गरेको हो ।दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा भेन्काटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले समान २ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए ।अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शुक्रबार दुबईमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर