सांसद छन्त्यालको निधनको शोकमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित



काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ ।

पार्टी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो ।

कांग्रेसले भोलि (बिहीबार) पार्टीको केन्द्रीय कार्यालयसमेत बन्द गर्ने भएको छ । कांग्रेसले भोलि पार्टीको झन्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ ।

मंगलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयकलगायत विषयमा छलफल भइरहेको छ । २०७४ मा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो ।

 

मुटुसम्बन्धी पीडित उनको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । छन्त्यालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Comment