नेकपामा विवाद चलिरहेकै बेला एमाले दर्ता गराउने को हुन् (सूचीसहित)



काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद चलिरहेका बेला नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

पूर्व एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेकपा बनेको हो। तर, हालै नेकपा भित्र विवाद देखिरहेका बेला २१ जना पदाधिकारीसहित आयोगमा दल दर्ताका लागि निवदेन परेको छ।

यसअघि एमालेको चुनाव चिन्ह सुर्य थियो अहिलेको दलमाहिमालमा उदाउँदै गरेको सुर्य राखिएको छ ।


नेकपा एमाले नामक दल दर्ताका लागि आवेदन परेको विषयले नेकपाको मंगलबार बसेको स्थायी समिति बैठकमा चर्चा पाएको थियो ।

उक्त पार्टी दर्ताका लागि निवेदन पर्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै हात रहेको आरोप पनि लागेको थियो ।

को–को छन् पदाधिकारी ?

सन्ध्या तिवारी- अध्यक्ष

भगवती खड्का- उपाध्यक्ष

मनिष उपाध्याय- महासचिव

अस्मिता सुनार

दावा  लामा

जयाराम रावत

खगेन्द्रप्रसाद भुसाल

हिराबहादुर बोहरा

राधा पुरी

तारादेवी शाही

पवन बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उशाकुमारी झा

प्रदीपराज गिरि

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

विनिता कार्की

विमला बिष्ट

Comment