‘लकडाउन’ उल्लघंन गर्दै टुटल तथा पठाओको सेवा सुरु



काठमाडौं– कोरोना संक्रमण रोक्न लकडाउन जारी रहेकै बेला यसको उल्लघंन गर्दै टुटल र पठाओले सेवा पुनः सञ्चालनमा ल्याएका छन्।


सरकारले कोरोना संक्रमण फैलने जोखिम रहेको भन्दै सार्वजनिक यातायातलाई सञ्चालनको अनुमति दिएको छैन।

सरकारले कसरी सुरक्षित रुपमा सञ्चालन गर्न सकिन्छ भनेर व्यवसायी तथा सरोकारवालासँग छलफल गरिरहेको छ। तर गैरकानुनी रुपमा सञ्चालित टुटल तथा पठाओले अनुमति बिनै स्वघोषित रुपमा सेवा सञ्चालन गरेका हुन्।

सार्वजनिक यातायात नचलेको र अत्यावश्यक काममा जान पर्ने अवस्थाका ग्राहकलाई सेवा दिनमात्र सेवा सुरु गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले बताए।

‘हामीले १ सय ३० जना राइडरका लागि सुरक्षाका मापदण्ड अपनाएर सेवा दिन भनेका छौं,’ उनले भने, ‘अत्यावश्यक बाहेकका यात्रु नबोक्ने र राइडर तथा उपभोक्तालाई त्यही अनुसारको म्यासेज पठाउँदै छौं।’

राइडरका लागि ग्लोब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएको पठाओ र टुटलले दाबी गरेका छन्।

Comment