• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

दसैँमा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत

दसैँमा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत


  • ओएसनेपाल
  • असोज २८ २०७८, बिहिबार
  • ७:५७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.5K
    SHARES

    उदयपुर, २८ असोज – कोरोनाले रोजगारी गुमाएका विपन्न मजदुरलाई दसैँ माग्न राहत उपलब्ध गराइएको छ । उदयपुरकाे त्रियुगा नगरपालिका– १३ का दैनिक ज्यालामजदुरी गर्ने अति विपन्न परिवारलाई दसैँ माग्न राहत उपलब्ध गराएको हो ।

    स्थानीय त्रियुगा महिला कृषक समूहद्वारा सहजीकरणमा समाज सेवी समूहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले कोरोना महामारीमा रोजगारी गुमाएर पर्व माग्न समस्या भई रहेको १२४ घर परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

    दैनिक ज्यालादारीमा आश्रित अति विपन्न १२४ घरधुरीका ५३८ (महिला २७३ पुरुष २६५) परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । जनसंख्याको आधारमा १५ दिनको लागि राहत खाद्यान्न सामाग्रीहरू चामल, दाल, खानेतेल, नुन र तरकारीको बिउ मास्क र साबुन उपलब्ध गराएको छ ।

    राहत प्रति घर न्युनतम १५ देखि अधिकतम ४० केजी चामल र सोहीअनुसार अन्य सामाग्रीहरु दिइएको थियो । राहत उपलब्ध गराएपछि सहभागीहरूले दसैँमा दिइएको राहत हाम्रा लागि भगवान घरमा आए सरह भएको स्थानीय सुनितादेवी चौधरीले बताइन् ।

    राहत समाजसेवी समुहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरले ३ लाख मूल्य बराबरको सामाग्री उपलब्ध गराएको समाजसेवी समूहका जिल्ला संयोजक विनोदकुमार कार्कीले बताए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend