आफ्नै पार्टीको विरोधमा हस्ताक्षर गरेर 'ङिच्च दाँत देखाएर बस्ने' माधव नेपाल जस्तो निर्लज्जता नेता दुनियाँमा कहीं छैन: ओली — OSNepal

आफ्नै पार्टीको विरोधमा हस्ताक्षर गरेर ‘ङिच्च दाँत देखाएर बस्ने’ माधव नेपाल जस्तो निर्लज्जता नेता दुनियाँमा कहीं छैन: ओली

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको विरोधमा म एमाले भन्दै विपक्षीदललाई हस्ताक्षर गर्न जानु यो भन्दा ठुलो निलज्जता माधव नेपालको लागि अरु नहुने बताएका छन् । दुनियाँ यस्तो कही छैन आफ्नै पार्टीको सरकार ढाल्न प्रतिपक्षमसँग मिल्ने भन्दै ओलीले भने ‘यो निलज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, यस्तो दुनियाँमा रेकर्ड छैन ।’

नेपाललाई संकेत गर्दै ओलीले एमालेको वरिष्ठ नेता भन्दै ङिच्च दाँत देखाएर बस्ने ! यति निर्लज्जता दुनियाँमा कहीं नदेखिएको बताएका छन् । ओलीले केहीलाई भ्रममा पारेर हस्ताक्षर गरेको भन्दै आफ्नो गल्ती सुधारेर आउनेलाई आफुले साथमा लिएर अगाडी बढ्ने पनि बताएका छन् । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘गल्ती महसुस गर्ने साथीहरुलाई फेरि साथै लिएर अगाडि जान तयार छौं । यो उहाँहरुको हातमा छ । भीरबाटै खस्ने हो भने त हाम्रो के लाग्छ ?

आफुहरुले स्पष्टिकरण सोधका छौंउहाँहरुको जवाफ हेरेर थप कारवाहीको बारेमा निणर्य लिने पनि ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर