दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु



तुलसीपुर, १८ असार- दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आज बिहान दुई मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका–१ का ४८ वर्षीया पवी डाँगीको मृत्यु भएको हो । डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा५प ८०९५ मोटरसाइकल र पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा५प ६५२५ नम्बरको मोटरसाइकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । (रासस)

Comment