‘अध्यक्ष र प्रधानमन्त्री दुवै म छोड्दिनँ’



काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्।

नेकपा भित्र चलिरहेको विवादकाबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने बताएका हुन्।

‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ,’ ओलीको भनाई उद्धत गर्दै नेकपा सचिवालयका एक नेताले भने, ‘त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु ।’ प्रचण्ड र नेपाल समूहले दुवै पदबाट राजीनामा दिन माग गरेको छ।

ओलीको यस्तो भनाईपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाईसकेको निष्कर्ष निकालेको छ ।

Comment