बेलायती प्रधानमन्त्री- हङकङका ३० लाखलाई मेरै देशको नागरिकता दिन्छु



काठमाडौं–बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हङ्कङका ३० लाख बासिन्दालाई बेलायतमाा बसोबास नागरिकता दिने बताएका छन्।

चीनले हङ्गकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि बेलायतले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाई त्यस्तो प्रस्ताव गरिने जनाएको हो।

प्रधानमन्त्री जोनसनले नयाँ सुरक्षा कानुनले हङ्कङको स्वतन्त्रा उल्लङ्घन गरेको बताउँदै त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट निस्किने बाटो खुला गरिदिने बताए।

करिब तीन लाख ५० हजार बेलायती राहदानी भएका र अन्य २६ लाख मानिस पाँच वर्षको निम्ति ब्रिटेन जान पाउने छन्।

सको एक वर्षपश्चात् नागरिकताका लागि उनीहरूले आवेदन दिन पाउने छन्।

हङ्कङका बेलायती राहदानी भएकाहरूलाई सन् १९८० को दशकमा विशेष हैसियत प्रदान गरिएको थियो।

Comment