नेपालसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउन प्रतिबद्ध छौं : भारत



काठमाडौं- भारतले नेपालसँग बर्षौं पुरानो सम्बन्ध रहेको भन्दै त्यसलाई निरन्तर बलियो बनाउन तबद्ध रहेको बताएको छ।

लिपिम्पयाधुरा, लिपुलेक र कालापानी लगायतका विषयमा चलेको विवादले दुई देशबीचको सम्बन्ध चिसिएका बेला भारतको यस्तो प्रतिक्रिया आएको हो।


‘नेपाल र भारतबीच मित्रताको बर्षौं पुरानो सभ्यता छ, जो गहिरो सामाजिक, सांस्कृतिक सम्बन्धमा निहित छ,’ नियमित मिडिया ब्रिफिङमा बिदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘यो सम्बन्धलाई निरन्तर बलियो बनाउन हामी प्रतिबद्ध छौं।’

दुई देशबीचको व्यापारिक सम्बन्धलाई मजबुत रुपमा अघि बढाउन मेहनतपूर्वक काम गरिरहेको भन्दै उनले कोरोना महामारी रोक्न चालिएका कदमका बाबजुत पनि बस्तुको आयात तथा निर्यात सुचारु रुपमा चलिरहेको बताए।

Comment