• २०७८ कार्तिक ६ शनिबार

धेरै पढिएको

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयाे

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयाे


  • ओएसनेपाल
  • असोज २८ २०७८, बिहिबार
  • ८:२३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.1K
    SHARES

    जनकपुरधाम, २८ असोज – बलिको विरोध भइरहँदा दा पनि जनकपुरधामको प्रसिद्ध राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएकाे छ ।

    बुधबार राति ८ बजे ५ मिनेटमा सुरु भएको बलि दिइने कार्यक्रममा बिहीबार बिहान साढे ३ बजेसम्म चलेको थियो । राजदेवी मेला समितिका अनुसार यसवर्ष दशैको महाअष्टमीमा राजदेवि मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएकाे छ ।

    गतवर्ष कोरोना महामारीका कारण ८ हजार ९६८ वटा मात्रै बोका बलि प्रदान गरिएको थियो । बोका बलि दिन नेपाल तथा छिमेकी मुलुक भारतका श्रद्धालु भक्जनहरूको आएका थिए । गतवर्ष कोरोना महामारीका कारण सीमावर्ती क्षेत्र र ग्रामीण क्षेत्रबाट न्यून संख्यामा श्रद्धालु भक्तजनहरू आएका थिए ।

    दसैँको घटस्थापनादेखि नै जनकपुरधामका राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरुको पूजापाठ हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend