मासुको विषयमा विवाद हुँदा आफ्नै छोराको हत्या गर्ने ५५ वर्षीय निमबहादुर पक्राउ — OSNepal

मासुको विषयमा विवाद हुँदा आफ्नै छोराको हत्या गर्ने ५५ वर्षीय निमबहादुर पक्राउ

LC (KTM) October 14, 2021 0

काठमाडौं २८ असोज । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर