• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए


  • ओएसनेपाल
  • असोज २८ २०७८, बिहिबार
  • ९:४८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.9K
    SHARES

    यमन २८ असोज । यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ ।केही दिनयता देखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सेनाले यहाँ बुधबार गरेको यस्तै कारबाहीमा परी नौ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ ।

    सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।

    गतहप्ता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जना भन्दा बढी हुथी मारिएका थिए ।

    मारिब प्रान्तमा पछिल्लो समयमा हुथी विद्रोहीले अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend