जापानमा संसद विघटन गरी आमनिर्वाचन हुँदै — OSNepal

जापानमा संसद विघटन गरी आमनिर्वाचन हुँदै

LC (KTM) October 14, 2021 0

काठमाडौँ २८ असोज । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले बिहीवार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् ।

यहाँ आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुने भएको छ । यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।

सत्तारुढ एलडीपी ९लिबरल डेमोक्रेटिक पार्टी० को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले अर्को आमनिर्वाचनको तयारी थालेका थिए ।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका छन् ।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका छन् । उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गरेका छन् । रासस-सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर