एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु — OSNepal

एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु

LC (KTM) October 14, 2021 0

काठमाडौं नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधवार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा पाँच व्यक्ति मृत्यु भएको छ ।

साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको छ । स्थानीय समयानुसार बुधवार साँझ ६:१३ बजे उक्त आक्रमण भएको बताइएको छ ।

सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।

डेनिश नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ । के कति कारण आक्रमण भएको सो भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

हताहत भएकाहरूका केही सुपरमार्केटमा फेला परेका थिए । जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्ग डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गरेकी छन् । यो कार्य आतंकवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन् ।

घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्, तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ,’ भनिन् । रासस-एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर