शाहरुखले आफ्नी पहिलो गुरु सरोज खानको विदाईमा लेखे भावुक सन्देश



काठमाडौं- आजै दिबङ्गत भएकी बलिउडकी प्रसिद्ध कोरियोग्राफर सरोज खान अभिनेता शाहरुख खाननी पहिली गुरु थिइन।

सरोज खानको निधनप्रति साहरुखले शोक व्यक्त गरेका छन्। उनले ट्वीटरमा लखेका छन–फिल्म उद्योगमा मेरी पहिला असल शिक्षिका। उनले मलाई घण्टौसम्म फिल्म डान्सिङका लागि ‘डिप’ कसरी गर्न सकिन्छ भन्ने सिकाइन। मैले जुन सबैभन्दा केयरिङ्, प्रेम गर्ने र प्रेरक मानिससँग भेटे, ती मध्ये उनी एक थिइन। तपाईंको याद आउने छ सरोज जी। भगवान उनको आत्मालाई शान्ती प्रदान गरुन । मेरो रेखदेखका लागि धन्यावाद।

Comment