लोकप्रिय नायिका स्वस्तिमा खड्काको आज जन्मदिन



काठमाडौं-लोकप्रिय नायिका स्वस्तिमा खड्काको आज जन्मदिन हो । विसं २०५२ मा जन्मिएकी स्वीसतमालाई जन्मदिनको शुभकामना रातीको १२ बजे नै उनका पति निश्चिल बस्नेतले दिएका छन् । निश्चलले स्वस्तिमालाई जन्मदिनको शुभकामना दिँदै सामाजिक संजालमा ‘ह्याप्पी बर्थडे बुढी भनेर लेखेका छन् ।

होस्टल रिर्टन्स, २ रुपैयाँ, छक्का पञ्जा २, नाई नभन्नु ल ५, लभ लभ लभ लगायतका चलचित्रमा अभिनय गरेकी यि सुन्दरीले कैयौँ म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

उनले अभिनय गरेको कुटुमा कुटु बोलको गीत नेपालमा अहिलेसम्म सबैभन्दा धेरै हेरिने गीतको रेकर्डको शीर्ष स्थानमा रहेको छ । जुन गीतमा स्वस्तिमा आफ्ना पतिसँगै अभिनय गरेकी छिन् । प्रतिभाशाली अभिनेत्री स्वस्तिमालाई जन्मदिनको अवसरमा बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

Comment