धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख गुरुङ — OSNepal

धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख गुरुङ

LC (KTM) October 14, 2021 0

गण्डकी, २८ असोज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज पोखरा–१७ विरौटास्थित राममन्दिरमा पूजाआराधना गर्दै उहाँले संवैधानिक हकअधिकार उपयोग गर्दै थप अधिकारका लागि निरन्तर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख गुरुङले संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष घोषणा भएको उल्लेख गर्दै धर्म संस्कृतिले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाभक्त आचार्यले उहाँलाई स्वागत गर्दै मन्दिरको गतिविधिबारे अवगत गराउनु भएको थियो । मन्दिर परिसरमा स्थानीय समाजसेवीलगायत भक्तजनको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर