प्रचण्ड र ओली बिच वैठक हुने



२० असार, काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी दुइ अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्ड बिच छलफल हुने भएको छ छ ।

आज बस्ने नेकपाको वैठकभन्दा अगाडी नै दुइ अध्यक्ष बिच छलफल हुने पार्टी स्रोतले जनाएको छ । स्थायीकमिटिको वैठक आज ११ बजेलाई राखिएको छ । हिजो शुक्रबारको वैठक पार्टीभित्रैबाट विभिन्न विवाद आएकाले स्थायी कमिटि वैठक स्थगित गरिएको हो ।

त्यसो त, दुई पार्टीका अध्यक्ष बिच हिजो शुक्रबार पनि ३ घण्टा लामो छलफल भएको थियो । तर, उक्त छलफल निष्कर्षविहिन टुंगिएको थियो ।

पार्टी भित्रैबाट केपी ओलीले प्रधानमन्त्री र नेकपा अध्यक्षको पद त्याग्नुपर्ने आवाज चर्को भईरहेको छ । अर्कँतिर, ओलि निकट समुहले उनी दुवै पदका लागि उपयुक्त भएको बताईरहेका छन् ।

Comment