नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३३



२० असार, काठमाडौंः नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना भएका पालुङटार नगरपालिका वडा नं। ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

थप एक जनाको मृत्युसगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

Comment