शनिबार एकाबिहानै गण्डकी प्रदेशमा थपिए १६ जना संक्रमित



पोखरा । शनिबार एकाबिहानै गण्डकी प्रदेशमा थपिए १६ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार
प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

आज पुष्टी भएकामा ७ जना नवलपरासीको देवचुली नगरपालिकाका २० देखि ३९ वर्ष उमेर समूहका ५ जना पुरुष तथा ३० र २५ वर्षका २ जना महिलामा पनि रहेका छन् । त्यस्तै म्याग्दीमा ३ जना, बागलुङका २ जना, स्याङ्जा र तनहुँमा २ जनामा कोरोना भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Comment