निर्णायक ठानिएको नेकपाको आजको बैठक स्थगित



काठमाडौं- निर्णायक ठानिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक स्थगित भएको छ।

शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक २२ गतेसम्मलाई स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए।

यसअघि आज बस्ने स्थायी कमिटी बैठकमा नेकपामा देखिएको विवादमा निर्णायक निष्कर्षमा पुग्ने नेताहरबीच समझदारी बनेको थियो।

Comment