१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ — OSNepal

१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

LC (KTM) October 14, 2021 0

ताप्लेजुङ, २८ असोज – ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन् । नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको हो ।

नेपालीहरूको महान चाड बडादसैँ तथा नवरात्रीको दिनदेखि १९ हजार ७५० जना भक्तजनहरू पाथिभरा मन्दिरमा पुगेर पूजापाठ गरेका माथिल्लो फेदी प्रहरी चांैकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताए ।

दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीहरूले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए ।

नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन आज (बिहीबार)सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर, गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो । पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थ यात्रीहरूको चहलपहल बढ्न थालेको हो ।

पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको भिडभाड बढेसँगै यातायाता व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगीहरू उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर