मैले चिनेको महानायक राजेश हमाल



लेखक : दसरथ सुनार

सबैभन्दा पहिले त म उहाको ठुलो फ्यान हु , मेरो बालापन उहाको फिल्म हेर्दै बित्यो,त्यतीखेर नया बर्षमा शुभकामना आदानप्रदान गर्दा पनि उहाको पोस्टर किनेर साथिहरुलाई पोस्ट कार्ड दिएर नया बर्षको शुभकामना आदान प्रदान गर्थे । तत्कालिन समयमा नेपालमा धेरै प्रकारका क्रान्ती,बिद्रोह,बिभेदका कुराहरु ब्यापकरुपमा थियो । उक्त समयमा चलचित्रको माध्यमबाट दिन,दुखी,गरीब,निमुखाहरुको आवाज बनेर माहानायक राजेश हमाल नेपालीहरुको मनमा बस्नु भयो । मेरो कोठाको वरीपरी राजेश हमाल दाईको पोस्टर टास्थे,मलाई उहा आफ्नै दाई जस्तो लाग्नुहुन्थ्यो ।

२०६५ सालको एस.एल.सी पछी म उच्च शिक्षाको लागि काठ्मान्डौ गए । काठ्मान्डौमा केहि बर्ष पछी मिडियामा काम गर्ने शिलशिलामा गायक राजेश पायल राई दाईको माध्यमबाट राजेश दाईको प्रसनल फोन नम्बर प्राप्त भयो । र दाईलाई कल गरे, १ कलमा फोन रिसिभ भएन म्यासेज गरे रिप्लाई भएन पटक पटक गर्दा पनि कल उठेन,अनि एक्कासी १ महिना पछी मेरो मोबाइलमा म्यासेज आयो साझ ६ बजे लाजिम्पाटको ईली क्याफेमा भेटौन भनेर,त्यो दिन मेरो खुशीको सिमा थिएन साझ ६ बजे राजेश दाई लाई भेट्न ईली क्याफेमा गए,पहिलो मिटिङमा नै हामीले करिब ३ घण्टा जती गफ गाफ गरौ ।

त्यो भन्दा पहिले मैले राजेश दाई लाई फिल्मको चरीत्रको आधारमा मुल्याकन गरेको थिए,त्यसपछी हामिले सङगै धेरै सामाजिक तथा सास्कृतिक कार्यक्रम गरौ । यही दौडानमा मैले उहा लाई नजिक बाट अध्यन गर्ने मौका पाए । सरल जीवनशैली उच्चबिचार शालिन स्वभाब अनि मिलनसार, न रिस छ,न त घमन्ड यो सबै कुराहरु मैले देख्दाखेरी उहा बास्तबिक माहानायक अनि एक माहापुरुषको जस्तो चरीत्र भएको ब्यक्ती पाए । त्यस्पछी म झन उहाको फिल्म भन्दा नि बास्तबिक जीन्दगीको कृयाकलाप बाट प्रेरित भए । यस्तो प्रकारको गुण बिरलै कुनै नेता वा अभिनेतामा भेटिन्छ । यदी लेगेसीको नै कुरा गर्ने हो भने पनि तत्कालिन समयमा राजा बिरेन्द्र लागायत उहाको स-परिवार राजेश दाईको घरमा खानपिनको लागी अथवा पारिवारिक कार्यक्रमको लागी आउनु हुन्थ्यो ।

कलाकारहरु अहिले आएर २/४ वटा देश घुमिरहेका होलान,राजेश दाईले फिल्म क्षेत्रमा आउनु भन्दा पहिले नै यो पृथ्बी लाई एक फन्को लागाइसकेका थिए । ८/१० वटा देशहरुमा त उहाले स्कुल मात्र बदल्नु भएको होला,अहिले कलाकारहरु अन्तर्बार्तामा जानी नजानी अङ्ग्रेजी बोल्छन होला ,राजेश दाईले नेपाली फिल्म क्षेत्रमा आएर नेपाली बोल्न सिके । अहिलेका कलाकारहरु बिदेशको प्रोग्राम भने पछी के के न छाती फुलाउन्छन राजेश दाई भने बिदेश भन्दा आफ्नै देशको कुना काप्चामा कार्यक्रम गर्न रुचाउन्छन । मलाई यस्तो लाग्छ राजेश दाई एउटा युनिभर्सिटीनै हुन ।

बिश्व ईतिहासको बारेमा उहालाई ज्ञान छ । गर्बका साथ भन्नु पर्छ उहा यो देशको माहानायक मात्र होइन ताकी यो देशको गन्यमान्य बौदिक ब्यक्ती पनि हुन । उहाले के कती सामजिक कार्य गर्‍यो त्यो मलाई थाहा छ,तर उहाले अहिले सम्म कुनै पनि सामाजिक कार्यलाई बिज्ञापन गर्नु भएन । कुनै धनीको घरमा खाना खानु भन्दा गरीबको घरमा गएर खाना खानु उहालाई मनपर्छ । अहिले पनि उहाको भौतिक जीवनको कुरा गर्ने हो भने, राजपरिवारको जस्तो जीवनशैली छ । तर पनि उहामा कुनै प्रकारको घमन्ड छैन साधारहण जिबनशैलीमा आनन्द लिने महापुरुष हो उहा । जीबन र जगत लाई नजिक बाट बुझेको एउटा अध्यातमिक योगी हो उहा,बिश्व जगत र दर्शन लाई लाई बुझेको एउटा बौद्धिक ब्यक्तित्व हो उहा । नेपालको एउटा मात्र यस्तो कलाकार जो नेपाली कलाकारिता र देशको बारेमा संसारको कुनै पनि क्षेत्रमा बहस गर्न सक्ने ब्यक्ती हो उहा ।

राजेश दाई र मेरो प्रतेक दिन जसो भेटघाट हुन्छ कहिले लाजिम्पाटको कुरिलो रेस्टुरेन्टमा त कहिले गैरिधाराको ईम्यागो क्याफेमा वा कहिले राजेश दाईको निवासमा घन्टौ हामी बिश्व जगतको ईतिहास,नेपाली राजनिती र समसामाहिक बिषयबस्तु माथी कुराकानी गर्छौ,तर अहिलेसम्म उहाको मुखबाट कुनै पनि नेपाली कलाकारको नाम पनि सुनेको छैन । यदी कहिले काही मैले कुरा खोले पनि सकारात्मक तरिकाबाट ब्याख्या गर्नुहुन्छ । यहाँ बाट थाहा पाउन सकिन्छ कि उहाको बिचारको लेभल कहाँ सम्मको छ भनेर । तपाईंले कतीको मुल्याकन गर्नु भएको छ उहाको बारेमा,तर मैले जहाँ सम्म उहालाई बुझेको छु त्यो मन देखी बुझेको छु । मेरो सङ्था गुड ह्युमन अर्गनाइजेसनको पुष्तकालय उद्घाटनको कार्यक्रम पाल्पामा थियो ।

राती कार्यक्रम समापन भयो त्यस्पछी हामी पोखरा तिर लागौ स्याङ्जामा पुगेपछी राती १० बजे तिर खाना खाने भनेर वालिङ नजिकको सानो होटलमा बसौ । राजेश दाई लाई निकै भोग लागिसकेको थियो तर राजेश दाईलाई त्यहाँ देखेर सबै गाउलेहरुले फोटो खिचाउने भनेर घिर्यो । आफुले खाना खान छोडेर खुशी खुशीका साथ आफ्नो फ्यानहरु सँग रमाउनु भयो अनि बाटोमा मैले दाई लाई सोधे खाना खाएर फोटो खिचेको भए हुन्थ्यो नि दाई ! राजेश दाईले मलाई भन्नु भयो आज जुन ठाउ म छु उहाको कारणले गर्दा नै हो । उहाहरुको लागी मैले यती पनि गर्न सक्दैन त । हरेक कुरामा उहाको सकारात्मक बिचार मात्र मैले देखेको छु । यो देशका गन्यमान्य नेताहरु प्रधानमन्त्रीहरु,मन्त्रीहरु उहा लाई भेट्न आतुर हुन्छ्न । आ-आफ्नो पार्टीको स्वार्थ देखाउन्छन तर पनि उहा अहिले सम्म कसैको स्वार्थमा फस्नु भएको छैन ।

यदी यथार्त कुरा गर्ने हो भने नेपाली सिने जगतले राजेश हमाल दाई बाट धेरै कुरा सिक्नु पर्ने हो,तर बिडम्बना अझै पनि हाम्रो नेपाली सिनेमा जगत अरुका कुरा काट्ने साना साना कुरामा अल्झेको छ,यो त आम दर्शकले मुल्याङ्कन गरिरहेको होला । राजेश दाईको त्यो ग्रेट्नेश हो कि उहाले कहिले पनि फिल्म क्षेत्रमा यो सम्म काम गर्ने त्यो सम्म काम नगर्ने भन्ने कुरा गर्नु भयो । नया पुराना सबै सँग समान तरिका बाट काम गर्नु भयो । मेरो सबै सँग यही अनुरोध छ कि कसैको बारेमा कुरा काट्नु भन्दा पहिले सँगत गर्नुहोस अनि कुरा गर्नुहोस ।

Comment