'दसैँ आयो है'को भिडियोमा कुलेन्द्र र रामजी सहित दर्जन बढी कलाकारको अभिनय, हेर्नुहोस् भिडियो — OSNepal

‘दसैँ आयो है’को भिडियोमा कुलेन्द्र र रामजी सहित दर्जन बढी कलाकारको अभिनय, हेर्नुहोस् भिडियो

LC (KTM) October 14, 2021 0

काठमाडौँ । बहुचर्चित गायक कुलेन्द्र विश्वकर्माको नयाँ गीत दसैँ आयो हैको भिडियो सार्वजनिक गरिएको छ । शिव हमालको शब्द तथा संगीत शृजना रहेको गीतमा कुलेन्द्रसहित बिमल परियार र सविता परियारको स्वर रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको गीतमा दसैँको रमाइलो माहोललाई नजिकबाट केलाइएको छ । जसमा रामजी खाँड, कुलेन्द्र, राजु गुरुगं, रञ्जिता गुरुगं, रिना थापा, राज कुमार अधिकारी, लगायतका दर्जनबढी कलाकारहरुको असिभनय देख्न सकिन्छ ।

मिलन विश्वकर्माको सम्पादन र कलर रहेको भिडियोको छायांकन राजेश घिमिरे र उनको टिमले गरेको हो । शिव हमालको अफिसियल च्यानलबाट बजारमा ल्याइएको भिडियो यो समाचार तयार पार्दासम्म ५ लाख बढी दर्शकले हेरिसकेका छन् भने ट्रेण्डिगंको १२ औँ नम्बरमा रहेको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर