चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन शक्तिाली — OSNepal

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन शक्तिाली

LC (KTM) October 15, 2021 0

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाईट तस्विरले देखाएका छन् । ताइवानमाथि अतिक्रमणको प्रयास स्वरुप चीनले पछिल्लो कदम चालेको हो ।साउद चाइना मर्निङ पोस्टका अनुसार फुजियान प्रान्त नजिकका तीन हवाई क्षेत्रलाई थप विकास गरिएको छ । बलियो बनाइएका ती क्षेत्रले चीनको हवाई फौजलाई आकाशमा शत्रुबिरुद्ध लड्न सहयोग गर्नेछन् ।

एक साताअघि चीनको जनमुक्ति सेनाको हवाई फौजले ताइवानको रक्षा क्षेत्रमा १ओटा लडाकु विमान उडाएपछि स्याटलाइट तस्विर सार्वजनिक गरिएका थिए । ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ लडाकु विमान उडेपछि दुई देशबीचको तनाब चुलिएको छ । बिबादमा अमेरिकासमेत तानिएको छ । ताइवानमाथि हमला भए अमेरिका चुप लागेर नबस्ने वासिंगटनले चीनलाई चेतावनी दिइसकेको छ ।

लंगटियान, हुइएन र झाङझोउ आधार क्षेत्र बाट खिचिएका तस्विरमा चीनले निर्माण गरिरहेको भण्डारण बंकर, लामा एप्रोन र नयाँ प्रशासकीय भवनहरु देख्न सकिन्छ ।तस्विरलाई सुरुमा अमेरिकाको सेनाको वेबसाईट दी ड्राइभले सार्वजनिक गरेको थियो । सन् १९८० को दशकको समयमा निर्माण गरिएका पूर्वाधारहरुलाई सन् २०२० को सुरु देखि पुनः निर्माण गरेको तस्विरमा देखिन्छ । कोभिड महामारीको समयमा पनि निर्माण कार्य जारी रहेको थियो ।

लंगटाएन वायुक्षेत्रलाई ठूलो र हवाई रक्षा स्थापनाको रुपमा विकसित गरिएको छ । त्यहाँ कम्तिमा पाँच ओटा बंकरहरु थप प्रशासकीय केन्द्रहरु निर्माण भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर