OSNepal बिहिबार, मंसिर २३ २०७८

सांसदको छुरा प्रहार गरेर हत्या, २५ वर्षिय व्यक्ति पक्राउ

सांसदको छुरा प्रहार गरेर हत्या, २५ वर्षिय व्यक्ति पक्राउ

  • OSNepal
  • शुक्रबार, असोज २९ २०७८


सांसदको छुरा प्रहार गरेर हत्या, २५ वर्षिय  व्यक्ति पक्राउ
Reading Time: < 1 minute

लण्डन । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।सांसदको हत्याको आशंकामा परेका छन् । आक्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको पोस्टमाटममा
देखिएको छ ।

६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् । अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड