सर्पले टोकेर थलिएका २५ वर्षका कृष्णको झारफुक र घरेलु औषधिले लियो ज्यान — OSNepal

सर्पले टोकेर थलिएका २५ वर्षका कृष्णको झारफुक र घरेलु औषधिले लियो ज्यान

LC (KTM) October 16, 2021 0

ताप्लेजुङ, ३० असोज – ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर