OSNepal बिहिबार, मंसिर २३ २०७८

सर्पको टोकाईबाट झारफुक गर्दा गम्भीर बनेका झाँक्रीले गुमाए ज्यान

सर्पको टोकाईबाट झारफुक गर्दा गम्भीर बनेका झाँक्रीले गुमाए ज्यान

  • OSNepal
  • शनिबार, असोज ३० २०७८


सर्पको टोकाईबाट झारफुक गर्दा   गम्भीर बनेका झाँक्रीले गुमाए ज्यान
Reading Time: < 1 minute

ताप्लेजुङ, ३० असोज- ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएकाे छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भाइरल झाँक्री नामले परिचित उनलाई गएराति घरमै सर्पले टोकेको थियो।

शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको मृतकका छिमेकी संविधानसभा सदस्य संचपाल मादेनले बताए। अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड