नारायणगढवाट काँकडभिटा जाँदै गरेको यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय प्रकाश र सुशान्तको मृत्यु — OSNepal

नारायणगढवाट काँकडभिटा जाँदै गरेको यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय प्रकाश र सुशान्तको मृत्यु

LC (KTM) October 16, 2021 0

मकवानपुरको हेटाँैडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ ।

गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुुुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना।५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटाँैडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएको छ ।

बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर