OSNepal बुधबार, मंसिर २२ २०७८

प्रदेश १ मा आज कोरोना संक्रमित भन्दा मृतकको संख्या बढी , संक्रमित २ जना , मृतक ४ जना

प्रदेश १ मा आज कोरोना संक्रमित भन्दा मृतकको संख्या बढी , संक्रमित २ जना , मृतक ४ जना

  • OSNepal
  • शनिबार, असोज ३० २०७८


प्रदेश १ मा आज कोरोना संक्रमित भन्दा मृतकको संख्या बढी , संक्रमित २ जना , मृतक ४ जना
Reading Time: < 1 minute

प्रदेश १ मा आज १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५९ महिला र ७१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनसरी, झापा र इलामका १–१ जना रहेका छन् । कोरोना संक्रमणबाट हालसम्म २ हजार ८८ जनाकाृ मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७०६ महिला र १ हजार ३८२ पुरुष रहेका छन् । प्रदेश १ मा आज २ जनामा कोरोना संक्रमण देखिएको छ ।

२६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षणबाट १ लाख ५ हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा हालसम्म पीसीआर र एन्टिजेन दुवै गरि ६ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड