OSNepal बिहिबार, मंसिर २३ २०७८

बलिउडमा अर्काे दुखद खबर , अमिताभ बच्चनकी बेगम फारुखको मष्तिष्क घातका कारण निधन

बलिउडमा अर्काे दुखद खबर , अमिताभ बच्चनकी बेगम फारुखको मष्तिष्क घातका कारण निधन

  • OSNepal
  • शनिबार, असोज ३० २०७८


बलिउडमा अर्काे दुखद खबर , अमिताभ बच्चनकी बेगम फारुखको मष्तिष्क घातका कारण निधन
Reading Time: < 1 minute

बलिउडमा फेरी अर्काे दुःखद खबर बाहिर आएको छ । केही समय यता बलिउडका दिग्गज कलाकारहरु निधनको खबर बाहिर आईरहेको बेला फेरी दिग्गज कलाकार फारुख जफरको निधनको खबरले बलिउड जगत नै स्तब्ध भएको छ । उनको हिजो ८८ वर्षको उमेरमा निधन भएको हो । उनकै नाती शाज अहमदले दिएको जानकारी अनुसार उनको मस्तिष्क घात’ को कारण निधन भएको हो । उनले ट्वीटर मार्फत निधनको खबर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरी हजूरआमा र स्वतन्त्रता सेनानीकी पत्नी, वरिष्ठ अभिनेत्री फारुख जफरको आज साँझ ७ बजे लखनाउमा निधन भयो।’

उनी केही समय अगाडि चलचित्र गुलाबो सिताबोमा बेगमको भूमिकामा देखिएकी थिइन्। अमिताभ बच्चन ‘मिर्जा’ की श्रीमति फातिमा बेगमको भूमिकामा उनी देखिएकी थिईन् । उनले सन् १९८१ मा चलचित्र ‘उमराव’ बाट डेब्यु गरेकी थिईन् । पिपली लाइभ, चक्रव्यूह, सल्तान, तनु वेड्स मनुमा पनि फारुखले खेलेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड