इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा – OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

Loknath Rijal (Jhapa) October 16, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले शनिबार भएको खेलमा वाट्फोर्ड माथि फराकिलो जित अन्तर निकालेको हो । वाटफोर्ड लाई पाँच शुन्य गोलको फराकिलो अन्तरले लिभरपुलले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक पुरा गरेका थिए । साडियो माने र मोहमद सलाहले एक एक गोलको योगदान दिए । आजको जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ८ खेलमा १८ अंक जोडेको छ । वाट्फोर्ड ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement