OSNepal बिहिबार, मंसिर २३ २०७८

व्यावासयिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दे वालिङका अर्याल

व्यावासयिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दे वालिङका अर्याल

  • OSNepal
  • शनिबार, असोज ३० २०७८


व्यावासयिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दे वालिङका अर्याल
Reading Time: 2 minutes

वालिङ च्याउ बिक्रीबाट वालिङ – २ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । झण्डै नौ वर्ष खाडीका मुलुकहरुमा पसिना बगाउनुभएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’ मार्फत व्यावसायिकरुपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।

विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थाल्नुभएका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आउनुभएको हो । यूट्यूबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित हुनुभएकाले अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र २५० पोका कन्य जातको च्याउ खेतीबाट व्यवसाय थाल्नुभएको हो । च्याउको संभावना र माग राम्रो देखेपछि दोस्रो वर्षमा दुई हजार मुढामा सीताके च्याउ र पाँच सय वटा पोका कन्य जातको च्याउ लगाएको उहाँले बताउनुभयो ।

“छ जनाको परिवारको अहिलेको मुख्य आम्दानीको स्रोत भनेकै च्याउ खेती हो”, उहाँले भन्नुभयो, “हाल दुई ठाउँमा रहेको फर्ममा झण्डै दश हजार मुढामा सीताके च्याउ छ ।”
व्यावसायिक च्याउ खेतीको विकास र विस्तारका लागि आवश्यक मेसिन, उपकरण खरिद, च्याउ घर निर्माण, मुढा खरिद गर्दा झण्डै ९० लाख लगानी भएको उहाँ बताउनुहुन्छ ।

अर्यालले हालसम्म च्याउ बिक्रीबाट ४० लाख आम्दानी गर्नुभएको बताउनुभयो । शुरुका वर्षहरुमा लगानी धेरै भएपनि अब केही वर्ष लगानी नगरी आम्दानी लिन सकिने अर्यालको भनाइ थियो । शुरुका २÷३ वर्ष निक्कै संघर्ष गर्नुपरेपनि पछि सहज भएको छ । उहाँले सीताके च्याउ प्रतिकेजी रु। ५०० र कन्य च्याउ प्रतिकेजी रु। २५० मा बिक्री गर्दै आउनुभएको छ । “उत्पादन गर्न झ्याउ मान्न भएन, उत्पादन जति गरेपनि बजारको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको च्याउ काठमाडौं, पोखरासहितका स्थानीय बजारहरुमा खपत हुँदै आएको छ ।”

मुढाको आकार अनुसार न्यूनतम २÷३ केजीदेखि अधिकतम ७÷८ केजी एक पटकमा उत्पादन लिन सकिने छ । एकपटक तयार पारेको मुढाबाट ५÷६ वर्ष उत्पादन लिन सकिन्छ । हाल उहाँको फार्ममा बाह«ैमास उत्पादन दिने उन्नत जातको च्याउ रहेको छ । अर्यालले थाल्नुभएको च्याउ खेतीलाई थप व्यावसायिक बनाउनका लागि वालिङस्थित कृषि विकास स्रोत केन्द्रमार्फत आवश्यक तालीम तथा प्रविधिहरु हस्तान्तरण गरिएको कृषि विकास स्रोतकेन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड