बलिउडमा अर्को झड्का, बरिष्ट कलाकार बेगम फारुखको निधन — OSNepal

बलिउडमा अर्को झड्का, बरिष्ट कलाकार बेगम फारुखको निधन

LC (KTM) October 17, 2021 0

बलिउडमा फेरी अर्काे दुःखद खबर बाहिर आएको छ । केही समय यता बलिउडका दिग्गज कलाकारहरु निधनको खबर बाहिर आईरहेको बेला फेरी दिग्गज कलाकार फारुख जफरको निधनको खबरले बलिउड जगत नै स्तब्ध भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । उनकै नाती शाज अहमदले दिएको जानकारी अनुसार उनको मस्तिष्क घात’ को कारण निधन भएको हो । उनले ट्वीटर मार्फत निधनको खबर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरी हजूरआमा र स्वतन्त्रता सेनानीकी पत्नी, वरिष्ठ अभिनेत्री फारुख जफरको आज साँझ ७ बजे लखनाउमा निधन भयो।’

उनी केही समय अगाडि चलचित्र गुलाबो सिताबोमा बेगमको भूमिकामा देखिएकी थिइन्। अमिताभ बच्चन ‘मिर्जा’ की श्रीमति फातिमा बेगमको भूमिकामा उनी देखिएकी थिईन् । उनले सन् १९८१ मा चलचित्र ‘उमराव’ बाट डेब्यु गरेकी थिईन् । पिपली लाइभ, चक्रव्यूह, सल्तान, तनु वेड्स मनुमा पनि फारुखले खेलेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर