हिरासतमा रहेका छोरा आर्यनलाई बाबु शाहरुख खानले पठाए ४५ सय भारु — OSNepal

हिरासतमा रहेका छोरा आर्यनलाई बाबु शाहरुख खानले पठाए ४५ सय भारु

LC (KTM) October 17, 2021 0

ड्रग्सको केसमा जेलमा बसिरहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला तनाबमा रहेका छन् । उनी अहिले पनि मुम्बईको आर्थर रोड जेलमा नै रहेका छन् । परिवार संग समेत भेट गर्न नपाईरहेका उनलाई पिता शाहरुख खानले भिडियो कल गरेका छन् । भिडियो कलमा बोल्दै उनले आर्यनको अवस्था बारे जानकारी लिएका थिए । परिवारको सदस्यहरुलाई समेत भेट्न प्रतिबन्ध लागेको बेला शाहरुखले भिडियो कल मार्फत आर्यन संग बोलेका थिए ।

उनले छोरा आर्यन संग ३ दिन अघि भिडियो कल गरेको भारतीय संचारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ । त्यस्तै शाहरुखले छोराका लागि केही पैसा समेत पठाएका छन् । उनले मनी अर्डरको माध्यमबाट आर्यनलाई ४५ सय भारु पठाएका छन् । उनले सो रकम आर्यनको खानाको खर्चको लागि पठाएका हुन् । आर्यन यतिबेला घरको खाना बाट बञ्चित रहेका छन् । उनले जेल भित्रकै क्यान्टिनको खाना खाईरहनु परेको छ । २३ वर्षीय आर्यन भारतको लागूऔषध नियन्त्रण ब्युरोबाट ३ अक्टोबरमा समातिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर