लुभुको एउटै घरमा बस्ने १० जनामा कोरोना संक्रमण



२९ असार, काठमाडौंः ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरमा बस्ने १० जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा असार १७ गते कोरोना सङ्क्रमण भएसँगै उनको परिवार र उनको घरमा भाडामा बस्ने दुई जना गरि कुल १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुको पाटन तथा टकुमा रहेको प्रयोगशालामा परिक्षण गरिएको थियो । अहिले संक्रमित सबैको उपचार भईरहेको छ ।

Comment