२० वर्षपछि फिल्म ‘गदर’ को सिक्वेल बन्दै, सनी देओलसँगै अमिषा पटेलको पनि अभिनय रहने — OSNepal

२० वर्षपछि फिल्म ‘गदर’ को सिक्वेल बन्दै, सनी देओलसँगै अमिषा पटेलको पनि अभिनय रहने

LC (KTM) October 17, 2021 0

काठमाडौं- सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर ः एक प्रेम कथा’ । यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय ग¥यो ।

१५ जुन २००१ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने धेरै राम्रो व्यापार गरेको थियो । यसलाई ’ब्लकबष्टर’ फिल्मको लिस्टमा राखिन्छ ।

अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्म प्रदर्शन भएको २० वर्षपछि यसको सिक्वेल बन्ने घोषणा गरिएको छ । केही समयदेखि नै सिक्वेल बन्ने चर्चा भए पनि घोषणा भने भएको थिएन ।

फिल्ममा सनीसँगै अमिषा पटेलको पनि अभिनय रहनेछ भने सिक्वेललाई पनि अनिल शर्माले नै निर्देशन गर्नेछन् । यसपटक थपिएका छन्, उत्कर्ष शर्मा । उनी निर्देशक अनिलका छोरा हुन् । फिल्मको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने बताइएको छ ।

फिल्ममा सनी र अमिषासँगै नयाँ पुस्ताको लभ स्टोरीलाई देखाइनेछ । सिक्वेलमा भित्रिएका उत्कर्ष सनी र अमिषाको छोराको भूमिकामा देखिनेछन् । फिल्म सन् २०२२ मा प्रदर्शनमा आउनेछ । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर