के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजार भाउ



काठमाडौ, असार २९- आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० सयले बढेको हो ।

आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० सयले बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भए को नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ र त्यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि बडेको छ । आज चाँदी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Comment