OSNepal बिहिबार, मंसिर २३ २०७८

अविरल बर्षा र बाढीका कारण १८ जनाको मृत्यृ, दर्जनौ बेपत्ता

अविरल बर्षा र बाढीका कारण १८ जनाको मृत्यृ, दर्जनौ बेपत्ता

  • OSNepal
  • आइतबार, असोज ३१ २०७८


अविरल बर्षा र बाढीका कारण १८  जनाको मृत्यृ, दर्जनौ बेपत्ता
Reading Time: < 1 minute

नयाँ दिल्ली ३१ असोज – भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ ।दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहान सम्म पनि बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम् विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड