आजबाट काठमाडों उपत्यकामा चल्न थाले मयुर यातायातका बसहरु



काठमाडौं, असार २९-मयुर यातायातका बसहरु उपत्यकामा चल्न थालेका छन् । अन्य यातायात व्यवसायीले यातायात सञ्चालन नगरे पनि मयुर यातायातले भने उपत्यकामा सेवा दिन थालेको हो हो ।

सरकारले तोकेको मापदण्डअनुसार सेवा सुचारु गरेको मयुरले जनाएको छ।सार्वजनिक यातायातको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयुर यातायातले केही बसमार्फत सेवा सुरु गरेको हो । आज ‘मयुरको चारवटा जतिबस चलेका छन्’ । मयुरका ४० बढी गाडीमध्ये अधिकांश मर्मतपछि मात्रै सञ्चालनयोग्य रहेको बताइएको छ ।

Comment