काठमाडौं उपत्यकामा फेरी बढ्यो कोरोना संक्रमणको दर, खतरा बढेको भन्दै सर्तक रहन आग्रह



काठमाडौं । बितेको २४ घण्टामा उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ९ जना संक्रमति थपिएका हुन् ।

थपिनेमा काठमाडौंका ३, ललितपुरका ५ भक्तपुरका १ जना रहेका छन् ।

त्यस्तै बितेको २४ घण्टामा देशभर १४४ कोरोना संक्रमित थपिएका छन् । १४४ जना थपिएपछि हालसम्म नेपालमा कुल १६ हजार ९ सय ४५ कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै नेपालमा थप १ हजार ७ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा १० हजार २ सय ९४ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमाले उपत्यकामा छिटफुट रुमा समुदायमा संक्रमण देखिन थालेका सर्तक रहन आग्रह गरेका छन् ।

Comment