बेथाले च्यापेकी २१ वर्षीया गर्भवती रमनाको हेलिकप्‍टर मार्फत उद्धार



अछाम — अछाममा २१ वर्षीया गर्भवतीको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत पंचदेवल विनायक नगरपालिका(७ की रमना विकको उद्धार गरिएको हो । विकलाई जिल्ला अस्पताल मंगलसेनबाट हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।

विनायक स्वास्थ्य चौकीमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति जिल्ला अस्पताल पुर्‍याइएको थियो । उच्च रक्तचाप लगायत समस्या देखिएपछि उनलाई सुर्खेत पठाइएको बताइएको छ । अछाममा ५ जनाको उद्धार गरिएको छ ।

Comment