नेपालमा कोरोनालाई जितेर घर फर्किनेको कुल संख्या १० हजार २ सय ९४ पुग्यो



काठमाडौ, असार २९ । नेपालमा सोमबार मात्रै थप १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले थप १ हजार ७ सय ५ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् । योसँगै हालसम्म नेपालमा १० हजार २ सय ९४ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै आजमात्रै देशभर १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गर्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आनुसार आज काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जनामा संक्रमण पुष्टी भएको हो ।

Comment